टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ

Monday April 6, 2026

पढ्न लाग्ने समय :


कैलाली : कैलालीको टिकापुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको टीकापुर नगरपालिका–९ बालुवाटारबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने ९७० मिलिग्राम धुलो पदार्थसहित दुई जनालाई आइतवार बेलुकी पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–५ का २० वर्षीय विशाल चौधरी र वडा नम्बर ४ का १८ वर्षीय एक किशोर रहेका छन्।

प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।