चौकीडाँडा–फल्टुडे सडक पाँच वर्षदेखि अलपत्र, स्थानीयले गरे चक्का जाम

Saturday April 4, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीमा सडक कालोपत्रको माग गर्दै चक्का जाम गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० क्षेत्रमा पर्ने चौकीडाँडा–फल्टुडे सडक पाँच वर्षदेखि निर्माण कम्पनीले अलपत्र पारेको भन्दै शनिवार चक्का जाम गरिएको हो।

पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। तर, निर्माण कम्पनीले निर्माणकार्य अलपत्र परेको हो। चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र पारिएको र धुलोलै हैरानी दिएको भन्दै स्थानीयले शनिवार सवारी सञ्चालनमा रोक लगाएका छन्। उनीहरुले सडक कालोपत्रमो माग गर्दै सडक बन्द गरिएको बताएका छन्।

पूर्वाधार विकास कार्यालय कैलालीले थेगिम÷सनलाइट जेभीसँग साढे २ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको भए पनि निर्माणकार्य पाँच वर्षदेखि अलपत्र छ। गोदावरी नगरपालिका–१० को ओलानी क्षेत्रको दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न पाँच करोड ८४ लाख २५ हजारमा सम्झौता भएको थियो। सम्झौताको समय अवधिसमेत २०८१ असार २५ मा सकिएको छ। तर, सडक निर्माणको काम आधा पनि भएको छैन।

पूर्वाधार विकास कार्यालय, कैलालीले २०७९ चैत्र १७ गते दोस्रो ठेक्का सम्झौता गरेको थियो। तीन दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न ६ करोड ६१ लाख ४१ हजारमा ठेक्का सम्झौता भएको थियो। चौकीडाँडा–फल्टुडे सडकको काम प्रदेश सरकारले अलपत्र पारेको छ।

संघीय सरकार मातहतको सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता गरेको सडक खण्डको कालोपत्रको काम भने पूरा भएको छ। तर, सुदूरपश्चिम प्रदेश सरकारमार्फत ठेक्का सम्झौता भएका योजनाहरू अलपत्र पारिएको हो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।