धनगढीमा ६ जना जुवाडे पक्राउ

Saturday April 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढी उप–महानगरपालिका वडा नं. ४ स्थित एक डेरा कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
पाल्पाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी बस्ने टेक कुमारी गाहामगरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार दिउँसो छापा मारेको थियो ।
प्रहरीले सो स्थानबाट नगद २० हजार १४० र ३ गड्डी तास सहित टेक कुमारी गाहामगर लगायत ६ जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि