धनगढीबाट जुला तास खेल्दै गर्दा ८ जना पक्राउ
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको धनगढी उप–महानगरपालिका–२ बाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–४ बस्ने ६७ वर्षीय पुष्पराज पन्त समेत रहेका छन्।
बुधवार साँझ जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार एक सय ७० र २ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।