बैतडीका नरेश कोली मृत्यु प्रकरण : दुई जना पक्राउ

Wednesday April 1, 2026

पढ्न लाग्ने समय :


बैतडीः बैतडीको पाटन नगरपालिका–३ का २६ वर्षीय नरेश कोलीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
आफन्तहरूले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि सोही वडाका २६ वर्षीय दिपक भट्ट र ३२ वर्षीय दिनेश टेलरलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
नरेश चैत ४ गते बिहान पाटन नगरपालिका–६ स्थित भिटा नजिक सुर्नया नदी किनारमा मृत अवस्थामा फेला परेका थिए। अघिल्लो दिन उनी किनमेलका लागि पाटन बजार गएका थिए तर राति अबेरसम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए। खोजतलासका क्रममा बिहान करिब ८ बजेतिर उनको शव भेटिएको थियो।
घटनापछि आफन्तहरूले मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्। मृतकका बुवा सेरि कोली भारतबाट फर्किएपछि घटनाको थप अनुसन्धान गर्न र नरेशसँग अन्तिम पटक देखिएका व्यक्तिहरूमाथि समेत गहिरो छानबिन गर्न आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भानदेव बडूका अनुसार पक्राउ परेका दुबै जनामाथि अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताए।
घटना भएको दिन मृतक र पक्राउ परेका दुई जना पाटनको एक होटलमा सँगै मदिरा सेवन गरेका थिए। हाल पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि