कैलालीमा परालको थुप्रोमा किशोरीमाथि बलात्कार

Tuesday March 31, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टिकापुरले जानकी गाउँपालिका–७ टिक्लीगढकी १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा सोही स्थानका २१ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले चौधरीले घर नजिकै खेतमा राखिएको परालको थुप्रोमा लगेर किशोरीमाथि बलात्कार गरेको जाहेरीपछि उनलाई पक्राउ गरिएको हो । इप्रका टीकापुरमा पीडितकी आमाले जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि प्रहरी निरीक्षक निरक रावलको कमाण्डमा खटिएको टोलीले चौधरीलाई उनकै घरबाट पक्राउ गरेको डीएसपी तिमिल्सिनाले बताए ।

प्रहरीका अनुसार घटना १२ चैतको साँझ करिब ७ बजेतिर भएको थियो । चौधरीलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


भर्खर

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको

दुबईबाट नेपाल आउँदै गरेकी कैलालीकि एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ

दुबईबाट नेपाल आउँदै गरेकी कैलालीकि एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन्। विज्ञापन पक्राउ

प्रधानमन्त्रीको अपिल: सुनसरी घटनाका दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्तिको प्रतिबद्धता

प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने