धनगढीमा पत्रकार महासङ्घको स्थापना दिवस मनाइयो

Monday March 30, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा कैलालीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महासंघ कैलालीका सचिव तेज भट्टका अनुसार स्थापना दिवसको अवसरमा पत्रकारहरूबीच आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने मूल नारालाई आत्मसात गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिइयो। अध्यक्ष देउवाले पत्रकारितालाई विश्वसनीय र मर्यादित बनाउन प्रत्येक पत्रकारले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पत्रकारितामा मर्यादा कायम राख्दै सत्य र निष्पक्ष सूचना प्रवाह गर्नु आवश्यक रहेको उल्लेख गरे। साथै, प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न राज्य तथा सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने धारणा व्यक्त गरिएको थियो।

उक्त कार्यक्रमले कैलालीका पत्रकारहरूबीच एकता, सहकार्य र पेशागत जिम्मेवारीप्रति थप सचेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।

स्थापना दिवसकै अवसरमा पत्रकार महासंघ कैलाली शाखाका पूर्वअध्यक्षहरुलाई सम्मानसमेत गरिएको छ।

 


भर्खर

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।

हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको