कैलालीमा जग्गा बिक्रीको नाममा पौने नौ लाख ठगी

Monday March 30, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा जग्गा बिक्रीको नाममा ठगी भएको खुलासा भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० मा जग्गा बिक्रीको नाममा आठ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गरिएको छ ।

जग्गा बिक्री गर्ने भनेर डोटीका तीन जनाको पौने नौ लाख रुपैयाँ बयाना बुझेर गोदावरी नगरपालिका वडा नम्बर १० दमौराका ५६ वर्षीय सूर्यबहादुर लामा सम्पर्कविहीन भएको बताइएको छ । उनले डोटीका रमेशबहादुर देउवा, खडकबहादुर बोहरा र एक महिलासँग जग्गाको बयाना बाफत रकम लिएका थिए ।

पीडित ईशरा बोहराका अनुसार लामाले २०८१ साल फागुन १६ गते तीन लाख रुपैयाँ बयाना बुझेका थिए । इशरासँग लामाले एक कट्‍ठा जग्गा ११ लाख ५० हजारमा बिक्री गर्ने कागज समेत बनाएका छन् । लामाले भैरे विकको नाममा रहेको साविक मालाखेती गाविस-५ अन्तर्गत प्लट नम्बर ५ को कित्ता नम्बर ३०२ नम्बरको एक कट्‍ठा जग्गा २० फिटको बाटो मोहडा हुने गरि बिक्री गर्ने भन्दै कागज बनाएका थिए । तीन लाख बयाना बुझेका लामाले बाँकी आठ लाख ५० हजार रुपैयाँ २०८१ को चैत मसान्तभित्र बुझ्ने र एक कट्‍ठा जग्गा नामसारी गर्ने कागज बनाएका छन् । तर, उनी एक वर्षदेखि विभिन्न बहाना बनाउदै सम्पर्कमा आएका छ्रैनन । बयाना बुझाएको तीन लाख रुपैयाँ फिर्ता माग्दा समेत नपाएको इशराले बताइन ।

इशराले २०८२ साल असोज ६ गते पनि लामालाई पाँच लाख रुपैयाँ थप रकम दिएको बताइन् । साविकको मालाखेती-३ अन्तर्गत प्लट नम्बर १३ को कित्ता नम्बर ६६ को एक कट्‍ठा जग्गा १४ लाख ५० हजारमा बिक्री गर्ने भन्दै लामाले बयाना लिएका हुन् । दुर्गा नाथको नाममा दर्ता रहेको जग्गा बिक्री गर्ने भन्दै पाँच लाख बुझेका लामाले आठ लाख ५० हजार रुपैयाँ २०८२ माघ मसान्त भित्रमा बुझ्ने र जग्गा नामसारी गर्ने कागज बनाएका छन् । तर, उक्त जग्गाको पनि नामसारी नगरेको इशरा बोहराले बताएकी छन् ।२०८२ साल असोज ६ गते नै २ लाख रुपैयाँ समेत बयाना दिएको अर्काे कागज बनेको छ । इशरा र लामाको बीचमा १४ लाख ५० हजारमा एक कट्‍ठा जग्गा खरिद–बिक्रीको कागज बनेको छ । तर, उक्त जग्गा पनि नामसारी नदिएको इशराले बताएकी छन् । दुर्गा नाथको नाममा दर्ता रहेको जग्गा बिक्री गर्ने भन्दै २ लाख बयाना बुझेको कागज बनाएका लामा हालसम्म सम्पर्कमा आएका छैनन । उनले २०८२ साल माघ मसान्त भित्र बाँकी १२ लाख ५० हजार रुपैयाँ बुझ्ने र एक कट्‍ठा जग्गा नामसारी दिने कागज बनाएका छन् ।

डोटीका तीन जनाको रकम इशरामार्फत बुझेर सम्पर्कबिहीन बनेका लामा हाल भारतमा रहेको इशराले बताइन् ।

 

 

 


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर