कैलालीका प्रमुख जिल्ला अधिकारीलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र

Sunday March 29, 2026

पढ्न लाग्ने समय :


धनगढी :  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विराेधमा एमाले कैलालीले पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले जिल्ला कमिटी कैलालीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह‘बालेन’ लाई आइतपार दुवै जनाको रिहाई तथा पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

पार्टीका जिल्ला अध्यक्ष यज्ञराज ढुंगानासहितका नेताले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

अध्यक्ष ढुंगानाले हस्ताक्षर गरेको पत्रमा ओली र लेखकको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भन्दै निन्दा र भत्र्सना गरिएको छ ।
‘नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णयलाई आधार बनाएर गरिएको गिरफ्तारी केवल व्यक्ति विशेषमाथिको अन्याय मात्र नभई संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य- मान्यतामाथिको प्रत्यक्ष आक्रमण हो’ पत्रमा भनिएको छ ।

पार्टीले ओली र लेखकलाई तत्काल बिना सर्त रिहा गर्न जोडदार माग गरेको छ ।

यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि सर्वोच्च अदालतले समेत प्रश्न उठाएको उल्लेख गर्दै उक्त आयोगको प्रतिवेदन खारेज गरी बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन आयोग गठन गर्न माग गरिएको छ ।

मध्यपूर्वको राजनीतिक अवस्थालाई कारण देखाउँदै बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन तथा नेपाली भूमि प्रयोग गरेर छिमेकी देश भारत र चीनले लिपुलेक क्षेत्रमा अघि बढाएको व्यापारिक नाका निर्माण कार्य रोक्न सरकारसँग पहल गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउनुअघि एमालेले प ार्टी कार्यालयदेखि पार्क मोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन समेत गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।