कैलालीमा उच्च सुरक्षा सतर्कता

Saturday March 28, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीमा उच्च सुरक्षा सतर्कता तयार पारिएको छ। प्रदेश तथा जिल्ला सुरक्षा समिति कैलालीको संयुक्त बैठकले सुरक्षा अवस्था मजबुत मार्पे निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा शनिवार बिहान सुरक्षा बैठक बसेको थियो। बैठकमा सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी किरण केसी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिमका निर्देशक किशोर कुमार श्रेष्ठ लगायत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकले जिल्लाको वर्तमान शान्ति सुरक्षा अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ। साथै यसलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूबीच आपसी समन्वय गर्दै उच्च सतर्कताका साथ परिचालन हुने निर्णय गरिएको छ।
त्यसैगरी, देशको पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिका कारण उत्पन्न हुनसक्ने सम्भावित विरोध प्रदर्शन, जुलुस तथा अन्य गतिविधिले शान्ति सुरक्षामा पर्न सक्ने प्रभावप्रति विशेष ध्यान दिँदै सुरक्षा निकायहरूलाई सजग रहन निर्देशन दिइएको छ।
विशेषगरी पूर्वप्रधानमन्त्री एवं गृहमन्त्रीको पक्राउसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा निगरानी, चेकजाँच तथा अन्य सुरक्षा रणनीतिहरू कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
बैठकमा कैलालीका सुरक्षा तथा प्रशासनिक निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।