एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ

Saturday March 28, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाटै आज बिहान पक्राउ गरेको हो।

स्रोतका अनुसार प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो। भदौ २३ र २४ गते भएको ुजेनजीुआन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली पक्राउ परेका हुन्। यसअघि, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिएका थिए।

आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने  र अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको थियो।

लगत्तै गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर  कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर