प्रतिनिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ आज

Thursday March 26, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ :  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराउँदै छन। उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबवर राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका थिए।
निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीवार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने छ। विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ। सो व्यवस्थाबमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्ति अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यलाई शपथ गराउनेछन।
नवनिर्वाचित सदस्यको विवरण सङ्कलन गर्नुपर्ने हुँदा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ। सचिवालयले अभिलेख व्यवस्थापन गर्न नवनिर्वाचित सदस्यलाई उपलब्ध गराएको आवेदन भर्नुपर्ने, बैङ्क खाता र व्यक्तिगत सम्पर्क नम्बर संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउन आग्रह गरेको छ। शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ।


भर्खर

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य