बाजुराको जडाङ्गा खोलाको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरिने

Wednesday March 25, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ। सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो।

बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले गत मंसिर ४ गते दानसाँघु खोलामा एक कार्यक्रमका बिच बेलिब्रिज पुलको शिलान्यास गरेका थियो। साँफे–मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गास्थित प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई हाल दानसाँघु खोलामा स्थानान्तरण गर्न थालिएको बुढीनन्दा नगरपालिकाले जनाएको छ।

नगरप्रमुख जनकबहादुर बोहराले जिल्लाको पूर्वोत्तर क्षेत्रका चारवटा स्थानीय तहका बासिन्दाको आवागमन सहज बनाउन उक्त पुल स्थानान्तरण गर्न लागिएको बताए। सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा पुल स्थानान्तरण कार्य अघि बढाइएको उनले बताए,।

पछिल्ला पाँच वर्षदेखि उक्त पुल जडाङ्गा खोलामा अलपत्र अवस्थामा थियो। सुरुमा त्यहाँ पक्की पुल नहुँदा बेलिब्रिज उपयोगी भए पनि पछि नजिकै पक्की पुल निर्माण भएपछि यो प्रयोगविहीन बनेको थियो।

सडक डिभिजन कार्यालय अछामका अनुसार करिब २ करोड २२ लाख रुपियाँको लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा बेलिब्रिज स्थानान्तरणको काम भइरहेको छ।

साँफे–मार्तडी सडकखण्ड अछामको साँफेबगरदेखि मार्तडीसम्म करिब ५७ किलोमिटर लामो छ भने मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर दूरी छ। त्यस्तै, कोल्टीदेखि धुलाचौरसम्म करिब १६ किलोमिटर सडक रहेको छ।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि