धनगढीमा भएको फुटसलमा सञ्चारकर्मीलाई हराउदै स्वास्थ्यकर्मीको समूह विजयी

Wednesday March 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा भएको फुट्सल प्रतियोगितामा स्वास्थ्यकर्मीको समूह विजयी भएको छ। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको हो।

स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा मङ्गलवार धनगढीस्थित फ्ल्याटल्यान्ड फुटसल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सञ्चार क्षेत्रबीच सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वास्थ्यकर्मी समूह विजयी भएको छ। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

कार्यक्रमका आयोजकले विश्व क्षयरोग दिवसको सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन्। खेलकुदमार्फत सन्देश प्रवाह गर्दा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

प्रतियोगितामा सहभागी स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूले समेत यस्ता मैत्रीपूर्ण गतिविधिले पेसागत सम्बन्ध अझ प्रगाढ बनाउने बताएका छन्। उनीहरूले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

विश्वभर प्रत्येक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्।

यसै सन्दर्भमा धनगढीमा आयोजित फुटसल प्रतियोगिताले स्वास्थ्य र सञ्चार क्षेत्रबीच सहकार्यको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।