मनु शाहलाई पैसा बाँडेको सूची सार्वजनिक गर्न आलेको चुनौती

Monday March 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : प्रेमबहादुर आलेले आफूले निर्वाचनमा कसैलाई पैसा नबाँडेको दाबी गरेका छन। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका आलेले नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु)ले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका हुन्।

आलेले भने आफूले सूची नै बुझाएको भन्दै मनुले गलत प्रचार गरेको बताए। आलेले भने, ‘नेपाली काँग्रेस उम्मेदवार मनु शाहले आरोप लगाउनु भएको छ नी, ५७ जना लिस्ट दिनु भयो भनेर, त्यो निराधार हो। सत प्रतिशत झुट हो। निराधार हो। कपोकल्पीत हो। कुनै सत्येता छैन। म चुनौती दिन चाहान्छु, नाम सार्वजनिक गरोस।’

पार्टीका प्रदेश महामन्त्रीसमेत रहेका मनुले काँग्रेसकै ५७ जनाले आलेसंग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताएका थिए। ‘जो चुनावमा तेस्रो स्थानमा आउनु भएको थियो, उहाँले आएर मलाई एउटा लिस्ट नै दिनुभयो’ मनुले भनेका थिए। ‘तपाईँप्रति मेरो सद्भाव छ भन्दै तपाईंका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर भन्नुभयो,’ शाहले एक अन्तवार्तमा भनेका छन्। गत २१ फागुनको निर्वाचनमा कैलाली ५ मा नेकपा उम्मेदवार आले तेस्रो भएका थिए।

शाहका अनुसार आलेले बुझाएको सूचीमा रहेका अधिकांश नेता तथा कार्यकर्ता पार्टीको विभिन्न जिम्मेवारीमा छन्। शाहले अन्तर्वार्तामा ५७ जनाको नाम भने खुलाएका छैनन्।

कैलाली– ५ मा रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द विजयी हुँदा शाह फराकिलो अन्तरले दोस्रो भएका थिए। चन्दले ३१ हजार ९५३ मत पाउँदा शाहले ११ हजार ९५८ मत पाएका थिए। आलेले सात हजार ८७६ मत पाएका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।