कैलालीको खक्रौला सीमा नाकामा सशस्त्रका डिएसपी विष्ट र इन्स्पेक्टर पन्त खटाइए

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको टीकापुरस्थित खक्रौला सीमा सुरक्षा गुल्मभित्रै प्रवेश गरी भएको आक्रमण घटनापछि त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई छानबिनका लागि मुख्यालय बोलाइएको छ। गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहित ड्युटीमा रहेका सुरक्षाकर्मीलाई अनुसन्धानका लागि हलचोकस्थित मुख्यालय तानिएको हो।

उक्त गुल्ममा कुल ३३ जना सशस्त्र प्रहरी कार्यरत रहेका थिए। सुदूरपश्चिमका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीका अनुसार, विदामा रहेका बाहेक घटनाका बेला ड्युटीमा रहेका सबैलाई छानबिनका लागि बोलाइएको छ।

घटनापछि मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्टलाई खक्रौला पठाएको छ। विष्ट यसअघि गुप्तचर ब्युरोमा कार्यरत थिए। साथै, ३४ नम्बर गण धनगढीबाट सशस्त्र प्रहरी निरीक्षक सुर्यप्रकाश पन्तलाई पनि खक्रौला खटाइएको छ।

घटनाको सुरुवात टीकापुरका एक व्यवसायीको बिलभन्दा बढी सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भएको विवादबाट भएको थियो। सोही विषयमा उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरीबिच छलफल भइरहेका बेला एक समूहले बिओपीभित्रै प्रवेश गरी डिएसपीसहित सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो।

यस घटनामा संलग्न रहेको आरोपमा रामबहादुर साउद पक्राउ परेका छन् भने अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।