एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलको कार्यालयमा तालाबन्दी

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यालयमा तालाबन्दी गरेको छ। पूर्व मुख्यमन्त्री समेत रहेका रावलको प्रदेश सभास्थित दलको कार्यालयमा आइतवार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो।

युवा संघले रावल सम्पर्क विहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ भने शीघ्र सम्पर्कमा आउन अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा सरसल्लाहमा नगरेको भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ।

प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यो विषयमा पार्टी केन्द्रलाई जानकारी गराएको बताए। उनकाअनुसार अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा दलका नेताले पार्टीमा कुनै परामर्श नगरेर एकलौटी गरेपछि सो विषयमा केन्द्रमा जानकारी गराइएको हो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।