कञ्चनपुरमा ७५ वर्षीया आमाको हत्या आरोपीत श्रेष्ठलाई सात दिन म्याद थप

Friday March 20, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : कञ्चनपुरमा ७५ वर्षीय आमा हत्याका आरोपीत ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ स्थित माननीय चोकमा छुट्टै घरमा छोरीसँगै बस्दै आएकी ७५ वर्षीय कान्छी आमा बिन्द्राको हत्याको आरोपीत हरिप्रसादमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको हो।

गत मङ्गलवार हँसिया प्रहारबाट बिन्द्राको घटनास्थलमै ज्यान गएको थियो भने, उनकी ५० वर्षीय छोरी भगवती देवी माझी गम्भीर घाइते भएकी छन।

मृतकका नातिनी सारिका कुमारी मालीको जाहेरीका आधारमा दोस्रो दिन राति भाग्दै गरेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको थियो। श्रेष्ठमाथि जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हो।

घटनास्थलबाट धारिलो हतियार हँसिया बरामद गरिएको छ, भने घटनाको विषयमा प्रत्यक्षदर्शीहरू सँग सोधपुछ तथा श्रेष्ठको बयान लिने कार्य भइरहेको छ। मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ। यसै गरी, हँसिया प्रहारबाट गम्भीर घाइते हुनुभएका ५० वर्षीय माझीको भारतको भोजिपुरामा थप उपचार भइरहेको छ।

श्रेष्ठ हत्या प्रकरणको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीलाई अनुसन्धान अधिकृत तोकिएको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका