कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी: कैलालीमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। शुक्रवार बिहान बर्दगोरिया गाउँपालिका-४ नौनिया भित्री सडकखण्डमा से २ त ११८५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ४२ वर्षीया दीपा न्यौपाने गम्भीर घाइते भएकी थिन।
घाइते न्यौपानेको उपचारका क्रममा दोदोधरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्याक्टर र चालक २६ वर्षीय लक्ष्मण घर्तिमगरलाई इलाका प्रहरी कार्यालय सडकपुरले नियन्त्रणमा लिएको छ।