कैलालीको अत्तरियामा बसभित्र छिरेर चोरी गर्ने दुई युवकलाई रुखमा बाँधियो

Friday March 20, 2026

पढ्न लाग्ने समय :


धनगढी:  कैलालीको अत्तरियास्थित बसपार्कमा बसभित्र प्रवेश गरि चोरी गर्ने क्रममा दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

शुक्रवार बिहान बसभित्र पसेर चोरी गरिरहेको अवस्थामा बझाङ घर बताउने करन धामी र सुवाश बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएपछि पक्राउ गरिएको हो। उनीहरू मध्ये धामी भने पटक पटक चोरी मुद्दामा पक्राउ पर्दै आएका युवक हुन्। उनी तीन दिनअघि मात्रै छुुटेका थिए।

दुवै जनालाई इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले उनीलाई रुखमा बाँधेका थिए।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका