धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी

Thursday March 19, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। फर्निचर खरिद प्रक्रियामा अनियमितता भएको आरोप लागेपछि ताला लगाइएको हो।

क्याम्पस प्रशासनले सार्वजनिक खरिदसम्बन्धी प्रचलित नियम र पारदर्शितालाई बेवास्ता गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले बिहिवार क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

स्ववियु अध्यक्ष दीपक राज भट्टले जारी गरेको विज्ञप्तिमा क्याम्पसको हलका लागि फर्निचर खरिद गर्दा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको भनिएको छ। कोटेशनसमेत नखोली काम अघि बढाइएको आरोप लगाउँदै यसले आर्थिक पारदर्शिता र संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उनले बताए।

क्याम्पसमा गत माघमा सञ्चालन गरिएको राष्ट्रिय प्राज्ञिक सम्मेलनका लागि हल व्यवस्थापन गर्न ९९ हजार रुपैयाँ एक सय वटा कुर्सी खरिद गरिएको थियो। क्याम्पसको सार्वजनिक खरिद नियमावलीको दफा (८६) खरिद सम्बन्धी व्यवस्थाको उप दफा (३) मा ५० हजार भन्दा माथि ५ लाख रुपैयाँ सम्मको माल समान तथा सेवा गरिद गर्दा क्याम्पस प्रमुखले खरिद एकाईको सिफारिसमा १५ दिनको म्याद राखी सिल कोटेशन मार्फत खरिद गर्नुपर्ने व्यवस्था छ। उक्त नियम मिचेर अपारदर्शी रूपमा सामान खरिद गरिएको स्ववियु अध्यक्ष भट्टले बताए।

भट्टले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। ’हामीले क्याम्पस प्रमुखसँग कुरा गर्दा उल्टै म क्याम्पसको बोस हुँ, मेरा स्टाफहरूलाई जेसुकै निर्देशन पनि दिन्छु भनेर अभिव्यक्ति दिनुभयो’ उनले भने।

कोटेशनसम्बन्धी विवरण सार्वजनिक गर्न माग गर्दा क्याम्पस प्रमुखले तीन दिनभित्र उपलब्ध गराउने आश्वासन दिए पनि त्यसअघि नै तालाबन्दी गरिएको उनले बताएका छन्।

स्ववियुले फर्निचर खरिद प्रक्रियाको छानबिन गर्न, गैरकानुनी निर्णय खारेज गर्न, दोषीमाथि कारबाही गर्न तथा आगामी दिनमा सबै खरिद प्रक्रिया पारदर्शी र नियमअनुसार सञ्चालन गर्न माग राखेको छ। माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ। क्याम्पस प्रमुख नरेश पन्तले भने आफूहरूले सबै प्रक्रिया पूरा गरेरै खरिद गरिएको दाबी गरेका छन्।

 

 


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते