कैलालीमा एक युवाले श्रीमतीको हत्या गरे, आफैमाथि पनि गोली हाने

Thursday March 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा एक युवाले श्रीमतीको हत्या गरेका छन्। उनले आफूमाथि समेत गोली चलाएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको बताए।

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैलाई गोली हानेका थिए। घाइते अवस्थाका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

उनकी श्रीमतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

 


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख