लम्कीचुहा अस्पताल विकास समिति नगरपालिकाले नमान्ने

Wednesday March 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गठन गरेको लम्कीचुहा अस्पताल विकास समिति लम्कीचुहा नगरपालिकाले नमान्ने भएको छ। नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारले अस्पताल हस्तान्तरण नहुँदै समिति बनाएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो।
नगर प्रमुख सुशीला शाहीले अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरेर प्रदेशलाई दिन तयार रहेको बताइन्। तर, कुनै सरसल्लाह नगरी समिति गठन गरिएकाले स्वीकार गर्न नसकिने उनको भनाइ छ।
उनले अस्पतालका कर्मचारी व्यवस्थापन र आर्थिक स्रोतबारे स्पष्ट सहमति भएपछि मात्र प्रदेश सरकारलाई हस्तान्तरण गरिने पनि बताइन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार सेती, जोगबुढा र लम्कीचुहा प्रादेशिक अस्पतालका लागि विकास समिति गठन गरी पदाधिकारी नियुक्त गरेको थियो। तर, लम्कीचुहा अस्पताल अझै औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छैन।
यसै कारण समन्वय बिना समिति गठन गरिएको भन्दै नगरपालिकाले असहमति जनाएको हो। कार्यपालिका बैठकमा एक जनाले असहमति जनाए पनि अन्य सदस्यले निर्णयलाई समर्थन गरेका छन्। हाल अस्पताल नगर प्रमुखकै नेतृत्वमा रहेको विकास बोर्डमार्फत सञ्चालनमा छ।
प्रदेश सरकारले भने संघीय सरकारबाट अस्पताल आफ्नो मातहत ल्याउने निर्णय भइसकेको जनाएको छ। सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीका अनुसार कानुनी रूपमा अस्पताल प्रदेश मातहत आइसके पनि व्यवहारमा कार्यान्वयन हुन बाँकी छ। मन्त्रालयले अस्पतालका करार कर्मचारीलाई आफ्नो मातहत ल्याउने प्रक्रिया अघि बढाएको दाबी गरेको छ। नगरपालिकासँग सम्झौता तयार भए पनि हस्ताक्षर हुन बाँकी छ।
यसैबीच, सामाजिक विकास मन्त्री मेघराज खड्काले अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गरेका छन्। अन्य सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार रहेका छन्।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि