डोटीमा बोलेरो जिप दुर्घटना, चार जना घाइते

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा स्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।

मंगलवार बिहान बोगटानबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुन गई करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटाले गाडी चलाइरहेका थिए।

दुर्घटनामा चालक सापकोटा खुट्टा र कम्मरमा चोट लागेको छ। कैलाली घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी टाउको र ढाडमा चोट लागेको छ।

यस्तै, डोटी बोगटान फुड्सिल–३ कानाचौरका १७ वर्षीय नरेश साउँद टाउको, अनुहार र ढाडमा चोट लागेको छ भने अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा टाउको, हात र खुट्टामा चोट लागेर लागेको छ।

घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।