बझाङको सानीगाड हाइड्रोले आइपिओ ल्याउदै

Monday March 16, 2026

पढ्न लाग्ने समय :


बझाङ : बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी दुई अर्ब ८५ करोड रुपियाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपियाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

अति प्रभावित क्षेत्र बझाङ जिल्ला अन्तर्गत बुङ्गल नगरपालिका–४ (साबिक खिरातडी गाविस वडा–८), बुङ्गल नगरपालिका–२ (साबिक दहबगर गाविस वडा–६), बुङ्गल नगरपालिका–१ (साबिक दहबगर गाविस वडा–२) का बासिन्दालाई १८ लाख ५२ हजार पाँच कित्ता सेयर छुट्याइएको छ।

त्यस्तै प्रभावित क्षेत्र बुङ्गल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ८, ९, १० र ११ का बासिन्दालाई नौ लाख, ९७ हजार पाँच सय कित्ता छुट्याइएको छ। यसका साथै सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पाँच लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।