मुख्यमन्त्री शाहकाे पाँच लाख घुस प्रकरण: वन अधिकृत भट्टसँग स्पष्टीकरण माग

Friday March 13, 2026

पढ्न लाग्ने समय :


धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भट्टलाई पत्र पठाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

 मुख्यमन्त्रीविरुद्ध घुस मागिएको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि त्यसको वास्तविकता स्पष्ट पार्न भट्टसँग जवाफ मागिएको मन्त्रालयले बताएकाे छ।

भट्टले  मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। उनले सो रकम दिन अस्वीकार गरेपछि आफूलाई धनगढीस्थित डिभिजन वन कार्यालयबाट सरुवा गरिएको दाबी गरेका छन्।

मन्त्रालयले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिएको छ।

यता मुख्यमन्त्री शाहले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आवश्यक परे छानबिनका लागि आफू तयार रहेको प्रतिक्रिया दिएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।