प्रहरीमाथि खुकुरीले आक्रमण

Thursday March 12, 2026

पढ्न लाग्ने समय :


हेटौंडा : मकवानपुर लागुऔषधका सेवनकर्ता र कारोबारीहरुले प्रहरीमाथि नै सांघातिक आक्रमण गरेका छन्। पश्चिम मकवानपुरमा प्रहरीमाथि आक्रमण गरी घाइते बनाइएको छ। घटनामा संलग्न हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। एक जना प्रहरीको गोली लागेर घाइते भएका छन्
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार राति मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झगडा भइरहेको सूचना प्राप्त भएपछि नजिकको प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरुलाई सोधपुछ गर्ने र झगडा छुट्याउने क्रममा उनीहरुले अचानक प्रसनि तामाङमाथि बियरको बोतल, खुकुरी र बञ्चरो प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट प्रसनि तामाङको दुवै हातमा चोट लागेको छ।
आत्मरक्षाका लागि प्रसनि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली प्रहार गर्दा हेटौंडा उपमहानगरपालिका–१२, हात्तीगौंडा बस्ने करिब १९ वर्षीय सनिश तितुङको पेटको दाहिने भागमा गोली लागेको छ। गोली लागेर घाइते भएका तितुङलाई पनि प्रसनि तामाङसँगै उपचारका लागि हेटौंडा ११ स्थित चुरेहिल अस्पताल लगिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने करिब २४ वर्षीय सञ्जय जिम्बा र सोही स्थानका करिब ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।