कैलालीको चुरेमा ग्रासरुट फुटबलका लागि खेल सामग्री हस्तान्तरण

Thursday March 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको दुर्गम क्षेत्र रहेको चुरे गाउँपालिकामा सञ्चालन हुने ग्रासरुट फुटबल कार्यक्रमका लागि खेल सामग्री हस्तान्तरण गरिएको छ।

कैलाली जिल्ला फुटबल संघका सहायक महासचिव रमेश बोगटीले श्री बसर युवा क्लबका अध्यक्ष गणेश देउवालाई फुटबल खेल सामग्री हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रम श्री बसर युवा क्लबको समन्वय तथा नेतृत्वमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाका बालबालिकाले नियमित रूपमा फुटबल खेल्ने अवसर पाउनेछन्।

ग्रासरुट फुटबल कार्यक्रममार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकामा खेलकुदप्रति रुचि बढाउने, प्रतिभा पहिचान गर्ने तथा उनीहरूको शारीरिक र मानसिक विकासमा टेवा पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष गणेश देउवाले प्राप्त सामग्रीले स्थानीय बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।