धनगढीका दुई जना लागुऔषधसहित पक्राउ

Wednesday March 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको

पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँबाट मङ्गलवार दिउँसो ६५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र एक डिब्बा कोरेक्ससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्कबहादुर खड्का र कञ्चनपुरको जानकी गाउँपालिका–७ पठरैया बस्ने ३० वर्षीया मिना राजी रहेका छन्।

उनीहरू सवार से ६ प ६९९४ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

प्रहरीले लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।