टीकापुरमा छतबाट खसेर प्रहरी जवानको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन

Tuesday March 10, 2026

पढ्न लाग्ने समय :


धनगढी :  इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

प्रहरी जवान चदारा छतबाट खसेर मृत्यु भएपछि एसपी चन्द स्वयं टीकापुर पुगेका छन् । उनले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् ।

प्रहरीका अनुसार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

मृतकका आफन्तले भने घटना शंकास्पद भएको बताएका छन् । उनीहरूले निष्पक्ष र वस्तुगत छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् । साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ