डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किसोरीको मृत्यु
पढ्न लाग्ने समय :
डाेटी: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किसोरीको मृत्यु भएको छ।
जिल्लाको सायल गाउँपालिका-२ ग्वानि टोलको गैसैनमा मंगलबार बिहान माटो खानीमा माटो खन्ने क्रममा खानी भत्किँदा १८ वर्षीया एलिना सिंहको मृत्यु भएको स्थानिय शिक्षक खडक सिहले जानकारी दिएका छन ।
खानी भत्किएपछि उनी माटोमा च्याप्पिएकी थिइन्। स्थानीयवासीले तत्काल उद्धार गर्ने प्रयास गरे पनि घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
डोटीका स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्ने क्रममा बर्सेनि यस्ता घटना बढ्दै गएका छन ।