भारतलाई तेस्रोपटक विश्वकपको उपाधि
पढ्न लाग्ने समय :
काठमाडौं : भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।
भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।