कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार कोइराला निर्वाचित

Sunday March 8, 2026

पढ्न लाग्ने समय :


कैलाली: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला १७ हजार २५५ मतान्तरले विजयी भएका छन।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएकनहुन। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे।

यसैगरी, नेकपा (एमाले) का लेखराज भट्टले ९ हजार ४४४ मत, नेपाल कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल रजवारले १ हजार ३५८ मत प्राप्त गरेका छन।

कुल एक लाख १५ हजार १४३ मतदाता रहेको यस क्षेत्रमा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको थियो। त्यसमध्ये ३ हजार ६६५ मत बदर भएको छ भने ५८ हजार २८३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।