रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह विजयी

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


दमक: झापाको क्षेत्र नम्बर-५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका छन।

अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका हुन।

अन्तिम मत परिणाम घोषणा हुनुअघि मतगणनास्थल र वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको थियो। शाहले ओलीको भन्दा करिब चार गुणा बढी मत पाएका हुन।  बालेन्द्रले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे।

उनीहरुबिचको मतान्तर ४९ हजार ६१४ रहेको छ । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३ मत प्राप्त गरे। यस्तै कांग्रेसकी मन्दरा चिमरियाले १८ सय २१ र राप्रपाका लक्ष्मी प्रसाद संग्रौलाले १५ सय ३६ र नेपाली कम्युनिष्ट पार्टीका रन्जित तमाङले १४ सय ६१ मत पाए।

विजयी प्रमाणपत्र लिन र विजय घोषणा कार्यक्रममा सहभागी हुन शाह मतगणनास्थल जाँदा सुरक्षा कडा पारिएको थियो। उनी जाँजा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन भएको थियो।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते