राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपकराज बोहरा विजयी
पढ्न लाग्ने समय :
कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपकराज बोहरा विजयी भएका छन।
निर्वाचन क्षेत्र नम्बर २ मा कुल खसेको ६५ हजार ३४७ मतको ५२ प्रतिशत अर्थात ३३ हजार ९५२ मतसहित रास्वपाका नेता बोहरा विजयी भएका हुन।
अन्तिम मत परिणाम अनुसार, रास्वपा उम्मेदवार बोहराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता पूर्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउँदले १० हजार ८२७ मत प्राप्त गरे। नेता साउदलाई रास्वपाका नेता बोहराले २३ हजार १२५ मतान्तरले पराजित गरे।
त्यसै गरी, नेकपा (एमाले)का नेता वचन बहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गरेका छन। क्षेत्र–२ मा पहिलो पटक ठुला दलका उम्मेदवारलाई पराजित गर्दे रास्वपा विजयी भएको हो।