मनाङबाट काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी

Friday March 6, 2026

पढ्न लाग्ने समय :


काठमाडौँः प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन। गुरुङले २ हजार ४१५ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एसोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाएका हुन्।

विक्रम सम्वत् २०३६ सालमा वीपी कोइरालाबाट सदस्यता लिएर नेपाली काँग्रेसको राजनीतिमा लाग्नु भएका टेकबहादुर गुरुङ्ग नेपाली काँग्रेसका पुराना नेताको रुपमा चिनिन्छन।

मनाङ नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका गुरुङ २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित गुरुङ पुनः २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भए।

उनी नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री समेत बनेका थिए। ७१ वर्षीय गुरुङ पार्टी भित्र पाका नेताको रूपमा परिचित छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।