कैलाली–१ मा रास्वपाका उम्मेदवार ज्ञवाली ३३३ मतले अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवाली नेपाली काँग्रेका उम्मेदवार जनकराज चौधरी भन्दा ३३३ मतले अगाडि छन्। १३ हजार आठ सय ८१ मत गणना गर्दा ज्ञवालीको तीन हजार पाँच सय नौ मत रहेको छ। काँग्रेस चौधरीको तीन हजार एक सय ७६ मत रहेको छ। उनीहरुको बिचमा तीन सय ३३ मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारूको एक हजार सात सय ७ मत रहेको छ। नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेको एक हजार एक सय ८८ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूको एक हजार ६ सय २२ मत रहेको छ। हालसम्म एक हजार १० मत बदर भएका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।