बैतडीमा रास्वपाका हरिमोहनको सुरुवाती अग्रता, पछ्याउँदै काँग्रेस

Friday March 6, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले ५२८ मत गणनामा १७६ मत ल्याएर अग्रता बनाएका छन्।

नेपाली काँग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर हरिमोहन भण्डारीलाई पछ्याइरहेका छन्।

बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए र मतगणना दिउँसो साढे एक बजेपछि सुरु गरिएको हो।

२२ फागुन, बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ । ५२८ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले १७६ मत ल्याएका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ९७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ३९ मत ल्याएका छन्।

यहाँ दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको हो। बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।