कैलाली–२ मा नेकपाका उम्मेदवार साउँद अग्रस्थानमा

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नर बहादुर साउँद अग्रस्थानमा देखिएका छन्। साउँदले ४४१ मत प्राप्त गरेका छन्।

उनीपछि नेपाली काँग्रेसका उम्मेदवार विजय बहादुर स्वाँर ले ४०७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार केपी खनालले ३१६ मत प्राप्त गरेका छन्।

त्यसैगरी एमालेका उम्मेदवार सूर्य बहादुर थापाले ३०६ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिंह बिष्टले १५ मत, नेशनल रिपब्लिक नेपालका दल बहादुर बुढामगरले ३५ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का दिल बहादुर साउँदले ३६ मत, नेपाल मजदुर किसान पार्टी का लक्ष्मी पुन मगरले २ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका इन्द्र बहादुर रावलले १ मत, तथा नेपाल मानवतावादी पार्टीका कस्तुरी कँडारा ले २ मत प्राप्त गरेका छन्।

हालसम्म एक हजार ६१३ मत सदर भएका छन् भने ८८ मत बदर भएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा २ लाख ७६ हजार ५६७ मतदाता रहेका छन्। मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी