काठमाडौं–१ मा रञ्जु दर्शना विजयी, २६ उम्मेदवारको जमानत जफत

Friday March 6, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। उनीले निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतान्तरले जित हात पारेकी हुन।

उनले १५ हजार ४सय ५५ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाएका छन्।

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता थिए । तीमध्ये करिब २८ हजार मत खसेको थियो। १० प्रतिशत ल्याउने उम्मेदवारले २ हजार ८ सय मत ल्याउनुपर्ने थियो। नेकपा एमालेका उम्मेदवारसहित अन्य २६ उम्मेदवारको जमानत जफत हुने भएको छ।

एमाले उम्मेदवार मोहनराज रेग्मी १ हजार ६ सय १८ मत पाएका थिए । उनी र उनीपछिका सबै उम्मेदवारको जमानत जफत हुने देखिएको छ । उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मी,श्रम संस्कृति पार्टीका समिर तामाङ लामा, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीसहित जमानत जफत हुने देखिन्छ। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ।

 


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर