दार्चुलाका दुई मतदान केन्द्रमा मतदाताले गरे निर्वाचन पूर्ण रूपमा बहिष्कार

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी: दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताहरूले निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेका छन्।

विकास निर्माण र प्रशासनिक सुगमताको माग राख्दै मतदाताहरू मतदान प्रक्रियामा सहभागी नभएपछि कर्मचारीहरू रित्तो मतपेटिका लिएर फर्किएका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रमा ‘नो भोट’ भन्दै स्थानीयले मतदान बहिष्कार गरेका हुन्।नौगाड गाउँपालिका–१ का नागुबासीले लामो समयदेखि सडक निर्माणको माग गर्दै आएका छन्। पटक–पटक आश्वासन पाए पनि गाउँमा सडक नपुगेको भन्दै उनीहरूले यस पटक मतदान नगर्ने निर्णय गरेका थिए। यहाँका ६०२ जना मतदातामध्ये कसैले पनि मत खसालेनन्। यस्तै अपिहिमाल गाउँपालिका–३ का स्थानीयले वडा कार्यालय अपायक ठाउँमा भएको भन्दै विरोध जनाएका छन्उनीहरूले वडा कार्यालयलाई सबैको पायक पर्ने स्थान वडा नं ४ मा सार्नुपर्ने माग राखेका थिए। माग सुनुवाइ नभएको भन्दै झुस्कुका करिब ३४६ मतदाताले मतदान प्रक्रियामा भाग लिएनन्। दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार, दिनभर प्रतीक्षा गर्दा पनि दुवै केन्द्रमा एक मत पनि नखसेपछि मतदान अधिकृत र कर्मचारीहरू रित्तो मतपेटिका लिएर फर्किएका छन्।

मतदान भएन, अब उनीहरू कर्मचारी टोली आउँदैछन्। हामीले जिल्लामा कति मत खस्यो भन्ने यकिन विवरण सङ्कलन गर्दैछौं।’उनले भने। जिल्लाभर १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र (तथा दुई अस्थायी केन्द्र) निर्धारण गरिएकोमा यी दुई केन्द्र बाहेक अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। मत कति खस्यो भन्ने विवरण केहि समयपछि प्राप्त हुने जनाइएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।