बैतडीमा ४६ दशमलव ७८ प्रतिशत मत खस्याे

Thursday March 5, 2026

पढ्न लाग्ने समय :


बैतडी:  बैतडीमा ४६.७८ प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र अन्य एक जना गरि ७३ हजार १४८ मत खसेको हाे।

जिल्लमा अहिले कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।

२०७९ को प्रतिनिधि सभामा ५२ प्रतिशत मत खसेको थियो। २०७९ को निर्वाचनमा कुल १ लाख ५० हजार १५६ मतदाता रहेका थिए। अघिल्लो निर्वाचनमा ७८ हजार ३६९ मत खसेको थियो।  यो पटक करिब छ हजार मतदाता बढे पनि मतदान भने कम भएको छ।

जिल्लाका अधिकांश मानि रोजगारीका लागि विदेश गएका गएको निर्वाचन भन्दा कम मतदान भएको आँकलन गरिएको छ ।

यो पटकको निर्वाचनमा जिल्लाका २१५ मतदान केन्द्र कायम भएका छन् । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा यो पटक १० राजनीतिक दल र एक जना स्वतन्त्र गरि ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएर मतपेटीका ढुवानीको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए।

यो पटकको निर्वाचनमा जिल्लाका २१५ मतदान केन्द्रमा प्रयोग भएका ४३८ वटा मतपेटीका विहीबारै ढुवानी हुन थालेका छन्। जिल्लामा १२९ वटा मतदान स्थलभित्र २१५ मतदान केन्द्र रहेका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।