सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार मतदाता

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आवश्यक तयारी पूरा भएको छ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार सोमबारदेखि सबै मतदानस्थलमा कर्मचारी खटाइसकिएको छ।
उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले निर्वाचनसम्बन्धी सूचना टाँस गरिसकेको छ। प्रदेशका नौ जिल्लामा रहेका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। निर्वाचनका लागि प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
कञ्चनपुर जिल्लामा पनि निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्। जिल्लाका तीन निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आ–आफ्नो केन्द्रमा पुगेका हुन्।
मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदान कक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको काम अघि बढाएका छन्। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पु¥याइएको छ र मतदान प्रक्रिया शान्तिपूर्ण तथा व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचन लक्षित सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग का सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन्। साथै संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।