बाजुरामा निर्वाचन सुरक्षामा ड्रोन र हेलिकोप्टर तयारी अवस्थामा

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः बाजुरामा यसपटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ। विगतमा झडप, बुथ कब्जा र हिंसात्मक घटना दोहोरिँदै आएकाले स्थानीय प्रशासनले जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखेको जनाएको छ।

सुरक्षा निकायले विगतका कमजोरीबाट पाठ सिक्दै जनशक्ति बढाउनुका साथै आधुनिक प्रविधिको प्रयोग गरेर मतदानस्थलको निगरानी गर्ने रणनीति तयार पारेको छ। २०४८ सालयता अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति देखिएको बाजुरामा दलगत पकडका आधारमा मतदान केन्द्र कब्जा गर्ने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने तथा कर्मचारीकै सामुन्ने फर्जी मत खसाल्ने प्रवृत्ति मुख्य चुनौती रहँदै आएको छ।

निर्वाचनमा खटिएका कर्मचारीका अनुसार विगतमा खुला धाँधली हुँदा पनि सुरक्षाकर्मी र कर्मचारी निरीह बन्नुपर्ने अवस्था थियो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाजुरामा दुई युवाको ज्यान गएको थियो। छिमेकी जिल्ला बझाङ मा समेत फर्जी मतदानका घटना देखिँदै आएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय का अनुसार यसपटक पहाडी जिल्लामा हुनसक्ने अराजक गतिविधि रोक्न विशेष सुरक्षा योजना लागू गरिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले बाजुरालाई उच्च सुरक्षा प्राथमिकतामा राखिएको बताए।

ड्रोन र सीसीटीभी फुटेजमार्फत शङ्कास्पद गतिविधि पहिचान गरी तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। आवश्यक परेमा तत्काल सहयोग पु¥याउन हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।