गृहमन्त्री अर्याल सुदूरपश्चिम आउदै

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


धनगढी: निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउने भएका छन। प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यका साथ मन्त्रिस्तरीय अनुगमनलाई महत्त्वका साथ हेरिएको छ। गृहमन्त्री अर्याल आज दिउँसो १२ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका आइपुग्ने कार्यक्रम रहेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए।

गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा समीक्षा गर्नेछन। साथै बझाङ र बाजुरामा समेत सुरक्षा अवस्थाबारे जानकारी लिँदै सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

मन्त्रिस्तरीय भ्रमणलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको प्रशासनले जनाएको छ। स्थानीय तह र सुरक्षा निकायबिच समन्वयलाई अझ प्रभावकारी बनाउँदै निर्वाचन प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको बताइएको छ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती