पत्रकार सुदीप थापामाथि कुटपिट
पढ्न लाग्ने समय :
धनगढी : सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि कुटपिट भएको छ । धनगढीको चौराहा स्थित मित्रनगर चोकमा हिमान्सु बोहराको समूहले थापामाथि आक्रमण गरेका सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले बताएका छन। कुटपिटबाट उनका आँखा र टाउकोमा चोट लागेको छ। आँखामा रगत जमेको अवस्थामा रहेको बताइएको छ।
घटनाको बिवरण प्रहरीलाई जानकारी गराईसकेको बताईएको छ। घाईते पत्रकार थापाको धनगढी स्थित सारथी अस्पतामाल उपचार भैरहेको छ। प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएका जनाएको छ।