कैलालीको सुखडमा मगर दिवस मनाइयो

Friday February 27, 2026

पढ्न लाग्ने समय :


कैलाली :  कैलालीको सुखडमा मगर दिवस मनाइएको छ। कैलालीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा नेपाल मगर सङ्घको ४४ औँ स्थापना विभिन्न कार्यक्रम गरी मनाएको हो।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कैलालीका सबै पालिका तथा छिमेकी जिल्लाबाट ठुलो सङ्ख्यामा मगर समुदायको उपस्थिति थियो। ऐतिहासिक मगर सभ्यताको गर्बिलो इतिहास पुनर्लेखन गर्ने र मगरात दर्शन निर्माणको सङ्कल्पसहित दिवस आयोजना गरिएको सङ्घका जिल्ला अध्यक्ष वीरेन्द्र थापामगरले बताए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सङ्घका केन्द्रीय सहअध्यक्ष गङ्गा खासुमगर, केन्द्रीय सल्लाहकार सदस्य रत्ना रानामगर र केन्द्रीय उपाध्यक्ष तेज तारामीमगरलगायतको उपस्थिति थियो। सो अवसरमा मगर समुदायका विभिन्न सांस्कृतिक नाच तथा झाँकी प्रस्तुत गरिनुका साथै खेलकुद, कला र सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सङ्घका केन्द्रीय सहअध्यक्ष खासुमगरले मगर समुदायले आफ्नो भाषा, भेषभूषा, संस्कृति, खानपान र धर्मको संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले यस्ता कार्यक्रमले समुदायलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नगरप्रमुख रावतले नगरपालिकाभित्र रहेका हरेक जाति र समुदायको चौतर्फी विकास तथा संस्कृति संरक्षणका लागि नगर सरकारले सक्दो सहयोग गर्दै आएको बताए।

जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा ५२ हजार ७९७ मगर समुदायको बसोबास छ, जसमध्ये कैलालीमा मात्रै ३१ हजार २४० जना रहेका छन्। वि.सं. २०३९ फागुन १५ गते स्थापना भएको नेपाल मगर सङ्घले सोही दिनलाई दिवसका रूपमा मनाउँदै आएको छ। कैलालीमा २०५२ सालदेखि यो दिवस मनाउन थालिएको र यस वर्ष दुई दिनसम्म कार्यक्रम चल्ने जिल्ला उपाध्यक्ष विमा पुनमगरले बताए।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका