शक्ति बस्नेत, निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई २५ हजार जरिबाना

Thursday February 26, 2026

पढ्न लाग्ने समय :


धनगढी : निर्वाचन आयोगले श्रम संस्कृति पार्टी र अन्य दलका दुई उम्मेदवारलाई २५ हजार रुपैयाँका दरले जरिबाना गरेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै आयोगले जरिबाना तिराउने निर्णय गरेको हो।

जरिबाना तोकिएका उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोटका उमेदवार शक्ति बस्नेत छन्। उनले मनोनयनको दिन पैसा बाँडेको भनेर उजुरी परेको थियो।

नेपाल जनसेवा पार्टीबाट रूपन्देही–२ का उम्मेदवार डा. कमल (निकोलस)भुसाललाई पनि २५ हजार जरिबानाको सजाय भएको छ।

धरानका पूर्वमेयर हर्कराज राई(हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना तोकिएको छ। बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार खगेन्द्र सुुनुवार र भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका(शोभा) पाठकलाई आयोगले सचेत गराउने निर्णय भएको आयोगले जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।