कञ्चनपुरमा रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु
पढ्न लाग्ने समय :
महेन्द्रनगर: कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसनर घरमा रुख ढलेर वेदकोट नगरपालिका=३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको हाे। घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ।
त्यसैगरी सोही घरमा रहेका ४० वर्षीया सीता महता घाइते भएका छन्। उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।