धनगढीमा छ सय युवालाई सीप सिकाइयो, एक सय ४५ जनालाई रोजगारी

Wednesday February 25, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले छ सय युवालाई सीप सिकाएको छ। एक महिनासम्म सञ्चालन भएको प्रदेश स्तरीय सीप तथा रोजगार मेला बुधवार समापन गरिएको छ।

मेलामार्फत २२ वटा विभिन्न विषयमा सीपमूलक तालिम प्रदान गरिएको हो। धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला कुमारी रनाले सुदूरपश्चिमका ८८ स्थानीय तहमा ८४ बाट करिब छ सय युवाहरूले सीप सिकेका छन। रानाले उक्त मेलाले बेरोजगार युवा-युवतीलाई स्वरोजगार बन्न महत्वपूर्ण सहयोग पु¥याउने बताएकी छन्। उनले भनिन, ‘युवाहरूले रोजगारीमा जाने सोच बनाउनु भएको छ। विदेश जान पनि प्रमाण पत्रले सहयोग हुन्छ। हामीले ठुलो सफलता पाएका छौ। अझै निरन्तरता दिन्छौ। अन्य पालिकालाई पनि साझेदारीका लागि भनेका छौ।’

तालिम प्राप्त गरेपछि त्यसलाई उद्यमशीलतासँग जोडेर आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै सीपमूलक कार्यक्रमले युवाको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास उनको छ।

उनले तालिमबाट प्राप्त सिपको सही सदुपयोग गर्दै आत्मनिर्भर बन्न र स्वरोजगार सिर्जना गर्न सहभागी युवा-युवतीलाई आग्रह गरेकी छन्। उनले भनिन, ‘सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिकाको गौरवको योजना हो। यो कार्यक्रममा दुई तिहाइ महिलाहरूको सहभागिता छ। युवाहरूलाई स्वदेशमै रोक्न र रोजगारी दिन र स्वरोजगार बन्न तालिमले सहयोग गरेको छ। यो कार्यक्रमलाई उपमहानगरपालिका हरेक वर्ष निरन्तरता दिनेछ।’

गत वर्ष एक हजार ४० जनालाई आठ विधामा २९ किसिमको तालिम प्रदान गरिएकोमा यो वर्ष ६ सय जनलाई सात विधामा २२ किसिमको तालिम प्रदान गरिएको हो। धनगढी उपमहानगरपालिकाले हरेक वर्ष पाँच सय योजना कार्यान्वयन गर्दै आएको बताउँदै सिप तथा रोजगार मेलाले युवाहरूलाई उद्यमशील र रोजगार प्रदान गर्न सहयोग गर्ने उनले बताइन्।

सिप तथा रोजगार मेलाकै दौरान विभिन्न विधाका १४५ जना कामदारको माग आएको छ। रोजगार संयोजक चन्द्र महराले ३० दिनको तालिम पश्चात् आयोजित रोजगार मेलामा रोजगारदाताबाट १४५ जनाको माग आएको हो। जसमध्ये १३६ जनाले रोजगारीका लागि अन्तर्वार्ता दिएको र २१ जना छनोट भइसकेको महराले बताए।

सिप तथा रोजगार मेलामा सहभागी ६ सय प्रशिक्षार्थी मध्ये स्वरोजगार हुन चाहने २१६ जनालाई पाँच दिने उद्यमशीलता विकास तालिम दिइएको छ। यस्तै, २२३ जना पाँच दिने रोजगार परामर्श कार्यशालामा सहभागी भएको रोजगार संयोजक महराले बताए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।